मितेरी डेभलपमेन्ट बैंकको ७८ हजार बढी संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ माघ ६ मंगलवार १३:५२
shares

काठमाडौं, ६ माघ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ७८ हजार ५७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक शेयरधनी पुनम चन्द वुच्चाको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याइएको हो।
बैंकले पहिलो चरणमा उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र बिक्रीका लागि खुला गरेको जनाएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
आवेदन दिन इच्छुकले बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, धरान–१२, सुनसरी वा शेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ता उल्लेख गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ।















