शेयर बजारमा ८ अर्ब ९२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ माघ ७ बुधवार १५:१४
2.87K
shares
shares

काठमाडौं, ७ माघ । शेयर बजारमा ८ अर्ब ९२ करोडको कारोबार हुँदा आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड ५ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ३३ करोड २३ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ८७ लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको २८ करोड २५ लाख रुपैयाँ कारोबार भएको छ ।















