Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.02K
shares

काठमाडौं, ७ माघ । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.४३ अंकले घटेर २७०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ९२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा कालीका पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी नारायणी विकास बैंक लिमिटेडका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् भने रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले ५.५० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी विकास जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ४.९८ प्रतिशतका दरले कमाएका छन् भने मान्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.५८ प्रतिशतका दरले कमाएका छन् ।