Dhulikhel Eco Banner new

वार्षिक ७० अर्बको विद्युत व्यापार गर्ने सरकारको योजना

5.76K
shares

काठमाडौं, १३ असार । सरकारले अबको पाँच वर्ष पछि वार्षिक करिब ७० अर्बको विद्युत निर्यात गर्ने लक्ष्य लिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रय सभाको बैठकमा बोल्दै यस्तो लक्ष्य प्रस्तुत गरेकि हुन् ।

अहिले वर्षातको समयमा विद्युत निर्यात हुने गरेको छ । तर अबको पाँच वर्ष पछि भने नेपालले ७० अर्बसम्मको निर्यात गर्न सक्ने र सुख्खा मौसममा पनि विद्युत प्रयाप्त हुने मन्त्री भुसालको भनाइ छ ।

मन्त्री भुसालले दुई वर्ष पछिको वर्षा याममा ५० प्रतिशत विद्युत बढी हुने पनि बताइन् । सरकारको तर्फबाट संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा आफू नेतृत्वको मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

आफूले मन्त्रालय संहालेपछि मासिक २० युनीटसम्म विद्युत खपत गर्ने बिपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको जानकारी दिइन् । अलिहे देशभरका ५२ लाख ग्राहकमध्ये करिब २६ लाख ग्राहकले यो सुविधा पाएको पनि मन्त्री भुसालले भनिन् ।

मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँसम्म महशुल कायम गरिएको र विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न ग्राहस्र्थ वर्गको विद्युत महशुल कम गरिएको जानकारी दिइन् ।

मन्त्री भुसालका अनुसार आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिव ७ सयदेखि १ हजार मेगावाट विद्युत प्रणालीमा थपिँदै जानेछ । आउँदो दुई वर्षपछिका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने तर वर्षा याममा भने उत्पादनको करिव ५० प्रतिशत विद्युत बढी हुने भुसालको भनाइ छ ।