Dhulikhel Eco Banner new

शेयर बजारमा १७४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.82K
shares

काठमाडौं, ७ माघ । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.४३ अंकले घटेर २७०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ९२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी मञ्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले ४.४६ प्रतिशतका दरले गुमाएका छन् भने एच एल आइ लार्ज क्याप कोष लिमिटेडका लगानीकर्ताले ४.५० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी आरबीबी फोकस ४०का लगानीकर्ताले ४.३७ प्रतिशतका दरले गुमाएका छन् भने एनएमबी ५० (एनएमबी ५०)का लगानीकर्ताले ४.३६ प्रतिशतका दरले गुमाएका छन् ।