Dhulikhel Eco Banner new

रसुवा भन्सारबाट २ अर्ब ३ करोडभन्दा बढीको आयात, निर्यात ६ करोड नाघ्यो

3.15K
shares

काठमाडौं, ७ माघ । रसुवागढी नाकामार्फत २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सोही नाकाबाट ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार दुई साताको अवधिमा मात्र पुस १७ गतेदेखि ३० गतेसम्म १ अर्ब ५६ करोड १ लाख ६१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । उक्त अवधिमा निर्यात भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको भएको छ ।

गत असार २४ गते चीनतर्फबाट आएको बाढीले रसुवागढी नाकामा ठूलो क्षति पुगेपछि आयात–निर्यात ठप्प बनेको थियो । बाढीका कारण भन्सार संरचना तथा पहुँच मार्गमा क्षति पुगेपछि लामो समयसम्म नाका सञ्चालनमा आउन सकेको थिएन ।

क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापनपछि गत जनवरी १ अर्थात् पुस १७ गतेदेखि रसुवागढी नाका पुनः सञ्चालनमा आएको हो । नाका खुलेसँगै व्यापारिक गतिविधि विस्तारै बढ्न थालेको भन्सार कार्यालयले जनाएको छ ।