सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो
वि.सं.२०८२ माघ ८ बिहीवार १५:०९
shares

काठमाडौं, ८ माघ । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.२३ अंकले बढेर २७१४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा एसवाइ प्यानल, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज र त्रिशुली जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी कालीका पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.२५ प्रतिशतका दरले गुमाएका छन् ।















