Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.15K
shares

काठमाडौं, ८ माघ । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.२३ अंकले बढेर २७१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा एसवाइ प्यानल, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज र त्रिशुली जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले ९.९९ कमाएका छन् भने एक्सेल विकास बैंक लिमिटेडका लगानीकर्ताले ९.८७ प्रतिशतका दरले कमाएका छन् ।