सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ माघ १२ सोमवार ११:२४
3.51K
shares
shares

काठमाडौं, १२ माघ । स्थानीय बजारमा सोमवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार प्रतितोला ३ लाख ३ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य सोमवार ५ हजार २ सयले बढेर तोलामा ३ लाख ९ हजारमा कायम भएको हो ।
त्यस्तै, सोमवार चाँदीको मुल्य पनि २७५ रुपैयाँले बढेको छ । आइतवार प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य सोमवार तोलामा ६ हजार ७ सय ६५ रुपैयाँमा कायम भएको छ ।















