Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम भने बढ्यो

3.55K
shares

काठमाडौं, १२ माघ । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ३.०७ अंकले घटेर २७६९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन १६ अर्ब ३५ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा एसवाइ प्यानल, हिमस्टार उर्जा, सान्भी इर्नर्जी, सप्तकोशी विकास बैंक, र माउन्टेन हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी नेशनल हाइड्रोका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.१२ प्रतिशतका दरले गुमाएका छन् ।