Dhulikhel Eco Banner new

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड

3.17K
shares

काठमाडौं, १४ माघ । रिज लाइन इनर्जी लिमिटेडले आफ्नो पहिलो चरणको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) बाँडफाँड गरेको छ। कम्पनीले पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको थियो।

कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको जानकारी दिएको छ। यस आइपीओमा ४,६९ जना आवेदकले आवेदन दिएका थिए, जस मध्ये ४,४३ जनाको आवेदन योग्य ठहर गरिएको थियो। योग्य सबै आवेदकले शेयर पाएका छन्।

सूचना अनुसार, १० कित्तादेखि ५५० कित्ता शेयर माग गरेका सबै आवेदकले आफ्नो माग अनुसार शेयर पाएका छन्।

तर, ६०० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिने आवेदकको लागि बाँडफाँड प्रक्रिया गोलाप्रथामार्फत गरिएको थियो। यसमा समान ५९० कित्ता शेयर बाँडफाँड गरिएको र थप १० कित्ता शेयर ५५३ जनामा बाँडिएको छ।

त्यस्तै, कम्पनीले श्रम स्वीकृति पाएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १,४२,२०० कित्ता शेयर निष्काशन गरेको थियो। यसमा कुल ७८,३४६ जनाले आवेदन दिएका थिए, जस मध्ये ७०,७७८ जनाको आवेदन मात्र योग्य ठहर गरिएको थियो। योग्य आवेदकमध्ये १४,२२० जनाले १०.१० कित्ताको दरले शेयर पाएका छन्।