Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

2.89K
shares

काठमाडौं, १४ माघ । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.३८ अंकले बढेर २७३१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ४९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा कर्पोरेट विकास बैंक र आखुखोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.०७ प्रतिशतका दरले गुमाएका छन् ।