Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकले कमायो ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ नाफा

4.25K
shares

काठमाडौ, १५ माघ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष को दोस्रो त्रैमाससम्ममा ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

गत आर्थिक वर्षको अवधिमा बैंकको उक्त आम्दानी १ अर्ब १ करोड ८६ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी ७.२१ प्रतिशतले बढेर १ अर्ब ९ करोड २० लाख रुपैयाँ पुगेको छ ।

६ महिनाको अवधिमा बैंकको नाफा ६.४१ प्रतिशतले बढेर ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २८ करोड ७४ लाख रुपैयाँमा रहेको थियो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ४१ करोड २३ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेको बैंकको अहिले बढेर ४७ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ४ अर्ब २९ करोड ६४ लाख, जगेडा कोषमा २४ करोड ९६ लाख रुपैयाँ सञ्चिती, वितरणयोग्य नाफा ३ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

पुष मसान्तसम्मको अवधिमा बैंकको खराब कर्जा ४.९३ प्रतिशतबाट बढेर ६.१० प्रतिशत पुगेको छ । यता, प्रतिशेयर आम्दानी १४.२४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५.४८ रुपैयाँ रहेको हो ।