Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.15K
shares

काठमाडौं, १५ माघ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १७.५३ अंकले घटेर २७१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ५६ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ९.१९ प्रतिशतका दरले कमाएका छन् भने कालिका पावरका लगानीकर्ताले ८.३२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी रावा इनर्जीका लगानीकर्ताले ७.४६ प्रतिशतका दरले कमाएका छन् भने शुभम पावरका लगानीकर्ताले ५.९२ प्रतिशतका दरले कमाएका छन् ।