Dhulikhel Eco Banner new

शेयर बजारमा १७० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.24K
shares

काठमाडौं, १५ माघ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १७.५३ अंकले घटेर २७१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ५६ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको कर्पोरेट विकास बैंक, मिथिला लघुवित्त र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सान्भी इनर्जीका लगानीकर्ताले ९.८५ प्रतिशतका दरले गुमाएका छन् भने दरमखोला हाइड्रोपावरका लगानकिर्ताले ९.३८ प्रतिशतका दरले गुमाएका छन् ।