Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला १४ हजार ४ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

4.5K
shares

काठमाडौं, २१ माघ । स्थानीय बजारमा बुधवार सुनको मूल्य उच्च अंकले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलवार सुनको मूल्य प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधवार बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, बुधवार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेर बुधवार ५ हजार ५ सय रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।