सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८२ माघ २१ बुधवार १५:०७
shares

काठमाडौं, २१ माघ । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.६४ अंकले घटेर २,६८१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ४९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको को शेयर बजारमा कालिञ्चोक दर्शन लिमिटेड, सुपरमाई हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर र आखुखोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी एचएलआई लार्ज क्याप फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ५.५४ प्रतिशतका दरले गुमाएका छन् ।















