Dhulikhel Eco Banner new

शेयर बजारमा १३४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.28K
shares

काठमाडौं, २१ माघ । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.६४ अंकले घटेर २,६८१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ४९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको को शेयर बजारमा एचएलआई लार्ज क्याप फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ५.५४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी रवा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ४.१३ प्रतिशतका दरले गुमाएका छन् भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.८४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी दरमखोला हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले ३.६८ प्रतिशतका दरले गुमाएका छन् भने कुमारी इक्विटी कोषका लगानीकर्ताले ३.६१ प्रतिशतका दरले गुमाएका छन् ।