‘सामान बेच्न होइन, प्रविधि बुझाउन एक्स्पो आयोजना गरिएको हो’
वि.सं.२०८२ माघ २१ बुधवार १५:४५
shares

काठमाडौं, २१ माघ । सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय सागर ग्रुपले आगामी माघ २२ देखि २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ।
सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्धलक्ष्मी मानन्धरले तीन दशकदेखि आईटी उत्पादनहरू प्रस्तुत गर्दै आएको बताइन्। उनले एक्स्पोमा उत्कृष्ट र नवीनतम आईटी उत्पादनहरू राखिएको र यसले प्रयोगकर्तालाई नयाँ प्रविधि नजिकबाट बुझ्न मद्दत पुग्ने उल्लेख गरिन्। उनले भने, “हामीले यस एक्स्पो सञ्चालन गरेको मुख्य उद्देश्य सामान बेच्नु होइन, तर यसको प्रयोग र प्रभावबारे प्रयोगकर्तालाई जानकारी गराउनु हो।”

सागर ग्रुपका कोअर्डिनेटर बिमलराज रेग्मीले पनि ३० वर्षदेखि सागर ग्रुपले प्रविधि क्षेत्रमा योगदान गर्दै आएको बताए। उनले सबैलाई एक्स्पोमा सहभागी भई प्रविधि अनुभव गर्न र नजिकबाट बुझ्न आग्रह गरे। उनले भने, “यस एक्स्पोमा आईटीमा काम गर्नेहरूलाई अझ दक्ष बनाउने र अरूले पनि प्रविधिको प्रयोग गर्न सक्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।”

एक्स्पोमा सीमित संख्या अर्थात् करिब हजार जना सहभागी हुने बताइएको छ, जसले प्रविधि क्षेत्रमा अनुभव र ज्ञान आदानप्रदान गर्ने वातावरण प्रदान गर्नेछ।















