Dhulikhel Eco Banner new

१.९ गुणा बढी आवेदन प्राप्त गर्दै ‘केएसबिबिएल ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ को बाँडफाँड

2.98K
shares

कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबिबिएल ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ को बाँडफाँड माघ २१ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँड सम्पन्न भएको छ ।

रु.३५ करोड रकम बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि उत्साहजनक रुपमा १.९ गुणा भन्दा बढी आवेदन प्राप्त भएको छ । जसले नेपाली पूँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताहरुको उच्च विश्वास र आकर्षणलाई प्रतिविम्वित गर्दछ ।

परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरु (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामुहिक लगानी कोष बाहेक) का लागि मिति २०८२/१०/१२ गतेदेखि मिति २०८२/१०/१५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर विभिन्न संघ संस्थाहरु मार्फत उत्साहजनक सहभागिता रहेको छ । अविमोच्य अवधि तथा वार्षिक ९% ब्याजदर (असञ्चिति) रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरुमा पहिलो पटक जारी गरिएको हो ।

यस अग्राधिकार सेयर निष्काशन कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेडलगायत सम्पूर्ण नियमनकारी निकाय, आवेदनकर्ता, प्रेस तथा सञ्चार जगत, पत्रकारहरु, निष्काशन बैंकहरु तथा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवालाप्रति कामना सेवा विकास बैंक लिमिटेड परिवार र निष्काशन तथा बिक्री प्रबन्धकले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।