स्वावलम्बन लघुवित्तको नाफा दोब्बरले वृद्धि, हेर्नुस् अन्य वित्तीय सूचक कस्तो ?
वि.सं.२०८२ माघ २२ बिहीवार १०:२१
shares

काठमाडौं, २२ माघ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पुस मसान्तसम्म १७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा ११३.८६ प्रतिशत बढि हो । कम्पनीले गत आवको पुस मसान्तसम्म ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ८० करोड १ लाख रुपैयाँबाट १८.८३ प्रतिशतले बढेर ९५ करोड ७ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ९४ करोड ३९ लाख रुपैयाँबाट १८.९२ प्रतिशतको वृद्धि सहित १ अर्ब १२ करोड २४ लाख रुपैयाँ नाघेको छ।
यसरी गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएपछि सोही अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ११ करोड ५२ लाख रुपैयाँबाट ११४ प्रतिशतको उछाल सहित २४ करोड ६५ लाख रुपैयाँ नाघेको तथ्यांकले देखाएको छ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४।८७ रुपैयाँबाट वृद्धि भई १९.७८ रुपैयाँ पुग्दा खराब कर्जा पनि ८.२८ प्रतिशतबाट बढ्न गई ११।७७ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१८.५३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.४८ गुणा रहेको छ।
चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडामा १७ करोड ११ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी सञ्चिति रहेको छ। कम्पनीले झण्डै २३ अर्ब कर्जा प्रवाह गरी झण्डै १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। पुस मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २५ अर्ब २३ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको छ।















