Dhulikhel Eco Banner new

शेयर बजारमा ५५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.99K
shares

काठमाडौं, २२ माघ । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २७.१९ अंकले बढेर २,७०८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ५८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी मेगा म्युचुअल फन्डका लगानीकर्ताले ६.२५ प्रतिशतका दरले गुमाएका छन् भने माया खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ३.७८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले ३.३८ प्रतिशतका दरले गुमाएका छन् भने हिम स्टार ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले २.७५ प्रतिशतका दरले गुमाएका छन् ।