Dhulikhel Eco Banner new

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

2.02K
shares

काठमाडौं, २६ माघ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयरधनी भि.जे इन्भेष्टमेन्ट कम्पनी प्रा.लि को नाममा रहेको २ लाख ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता सम्बन्धित कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल यस शेयर यसै कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न सक्नेछन्।

शेयर किन्न चाहने संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड (शेयर रजिष्ट्रार) को कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

तोकिएको समयावधिभित्र कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि बोलपत्र पेश हुन नआएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।