झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकम भने बढ्यो
वि.सं.२०८२ माघ २८ बुधवार १५:१०
shares

काठमाडौं, २८ माघ । बुधवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ०.०४ अंकले घटेर २,६६२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ६९ करोडको कारोबार भएको हो ।
झीनो अंकले घटेको शेयर बजारमा रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.६७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सुपर माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ६.३९ प्रतिशतका दरले गुमाएका छन् ।















