साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत लाभांश घोषणा
वि.सं.२०८२ माघ २९ बिहीवार १०:५८
2.98K
shares
shares

काठमाडौं, २९ माघ । साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृति भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।









