Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

3.02K
shares

काठमाडौं, २९ माघ । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.९७ अंकले बढेर २,६७१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब १० करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा मध्येभोटेकोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी कालीञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ७.५९ प्रतिशतका दरले गुमाएका छन् ।