शेयर बजारमा ११ अर्ब १० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ माघ २९ बिहीवार १५:४१
2.63K
shares
shares

काठमाडौं, २९ माघ । शेयर बजारमा ११ अर्ब १० करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ७० करोड ५३ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन एसवाई प्यानलको ४३ करोड ४२ लाख रुपैयाँ कारोबार भएको छ भने रिडी पावरको ४१ करोड ९७ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी आँखुखोला जलविद्युतको ३९ करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ भने तेह्रथुम पावरको ३५ करोड ४० लाख रुपैयाँ कारोबार भएको छ ।















