Dhulikhel Eco Banner new

शेयर बजारमा ११५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.19K
shares

काठमाडौं, २९ माघ । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.९७ अंकले बढेर २,६७१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब १० करोडको कारोबार भएको हो ।

त्यसैगरी कालीञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ७.५९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ३.४७ प्रतिशतका दरले गुमाएका छन् भने बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडका लगानीकर्ताले ३.४१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सिंगटी हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले ३.३५ प्रतिशतका दरले गुमाएका छन् भने एनआइबीएल ग्रोथ फन्डका लगानीकर्ताले २.८६ प्रतिशतका दरले गुमाएका छन् ।