पुनरतालिकीकरण र पुनरसंरचना नियम उल्लंघनमा ग्लोबल आइएमई बैंक कारबाहीमा
वि.सं.२०८२ फागुन १ शुक्रवार १४:१८
shares

काठमाडौं, १ फागुन । नेपाल राष्ट्र बैंकले स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ का आधारमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।
राष्ट्र बैंकका अनुसार बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ को नं २र०८१ को व्यवस्थाअनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको छ। विशेषगरी, एइजिङ वाइज कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा कर्जाको पुनरतालिकीकरण र पुनरसंरचनासम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको उल्लेख गरिएको छ।
त्यस्तै, स्थलगत निरीक्षणका क्रममा बैंकको कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै ‘भ्यालु डेट’ राखी पुनः सिर्जना गर्न सक्ने अवस्था रहेको समेत भेटिएको राष्ट्र बैंकले जनाएको छ।
उक्त कैफियतका सम्बन्धमा नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड ९क० बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो।
केन्द्रीय बैंकले नियामकीय निर्देशनको पूर्ण पालना गर्न र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउन निर्देशन दिएको छ।















