अर्को साता शेयर बजार २ दिन मात्रै खुल्ने
वि.सं.२०८२ फागुन १ शुक्रवार १७:३८
3.85K
shares
shares

काठमाडौं, १ फागुन । अर्को साता (फागुन ३–९ गते) शेयर बजार केवल दुई दिनका लागि सञ्चालन हुनेछ। बजार सोमबार र मंगलबार मात्र खुला रहनेछ।
फागुन ३ गते महाशिवरात्री, फागुन ६ गते ग्याल्पो ल्होसार र फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकाले ती दिन शेयर बजारमा कुनै कारोबार हुनेछैन। सामान्यतया एक साता पाँच दिन खुल्ने बजार यसपटक तीन दिन बिदा परेपछि केवल दुई दिन कारोबारका लागि खुला रहने भएको हो।









