Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ५ हजार ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.08K
shares

काठमाडौं, १० फागुन । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मुल्य बढेको हो ।

महासंघका अनुसार शुक्रवार प्रतितोला ३ लाख ४ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आइतवार ५ हजार ६ सयले बढेर ३ लाख १० हजार ३ सयमा कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, आइतवार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ३७५ रुपैयाँले बढेर आइतवार ५ हजार ४ सय २५ रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।