तीन शून्यकोे बाटो अवलम्बन नगरे मानवजातिलाई ठुलो संकट : मोहम्मद युनूस
वि.सं.२०७९ असार १५ बुधवार १७:३२
shares

काठमाडौं, १५ असार । सन २००६ का नोवेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनूसले मानवजातिले ठूलो संकटको सामान गर्नु पर्ने बताएका छन् । उनले शून्य गरिबी, शून्य वेरोजगारी र शून्य हरितगृह ग्याँस उत्सर्जन अर्थात तीन शून्यकोे बाटो अवलम्बन नगरे मानवजातिले ठुलो संकट खतराको रहेको उनले बताएका हुन् ।
यसकालागि अहिलेको पुँजी प्रधान आर्थिक प्रणालीको पुनःसंरचना गरेर सामाजिक उत्तरदायित्व वहन गर्ने खालको आर्थिक प्रणाली लागु गर्नु उनको भनाइ छ । २०७९ को १२ औँ सामाजिक व्यवसाय दिवसका अवसरमा अनलाईन जुम माध्यमबाट आयोजित नेपाल फोरमलाई सम्बोधन गर्दै प्रोफेसर युनूसले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सामाजिक व्यवसाय दिवसको मुख्य विषयवस्तु ‘वर्तमान सभ्यताले हामीलाई नष्ट गर्नु अघि नयाँ सभ्यताको निर्माण’ अर्थात शून्य कार्बन उत्सर्जन, गरिबी अन्त्यको लागि शून्य धन एकाग्रता, र उद्यमशीलता मार्फत शून्य बेरोजगारी वस्न अयोग्य बनाउने विश्व तर्फ पुनः नफर्कने भन्ने मुल सन्देश रहेको छ । यस ग्रहमा मानव जीवन संगठित भएका आधारभूत अवधारणाहरू र संस्थाहरूलाई पुनः डिजाइन गर्ने प्रक्रियालाई गति दिन उनको भनाइ छ ।
सम्बोधनको क्रममा प्रोफेसर युनूसले शून्य कार्बन उत्सर्जन, गरिबी अन्त्यको लागि शून्य धन एकाग्रता, र उद्यमशीलता मार्फत शून्य बेरोजगारी अहिलेको विश्वको अपरिहार्यता भएकोले ढिलो नगरी यसको कार्यान्वयन तर्फ आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने धारणा राखे ।
‘हामीले विश्वलाई गरिबी, बेरोजगारी र कार्वन रहित वनाउन तर्फ लाग्नु पर्छ । हामीले नयाँ बाटो बनाउनु पर्छ ताकि हामी नयाँ सभ्यता तर्फ जान्छौँ । सामाजिक व्यवसायले मानवजाती र अर्थतन्त्रका लागि अवसरहरू विस्तार गर्दै सामाजिक समस्याहरूको व्यावहारिक र दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखेको छ । नयाँ सभ्यतालाई फरक ढंगले अगाडि बढाउनु हाम्रो लागि प्रमुख र सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी हो,’ युनूसले भने ।
नाफा मुखी वर्तमान सभ्यताले हामीलाई आत्महत्याको बाटोमा डोर्याएको छ । मानवतालाई नयाँ बाटोमा लैजाने अवसरकोे झ्याल झनझन सानो हुँदै गइरहेको छ । तसर्थ, अवसर हराउनु अघि हामीले नयाँ सभ्यताको बिउ तयार गर्नुपर्छ । यो जनता र ग्रहका समस्याहरू समाधान गर्न मुख्य रूपमा शून्य व्यक्तिगत लाभमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्छ भन्ने धारणा राखे ।
यो संगै युनूसले नयाँ सभ्यता निर्माण गर्न युवा जागरुक हनुपर्छ र थ्री जीरो क्लवले बोकेको अवधारणा अनुसार युवाहरुलाई नेतृत्व पंङतीमा राखेर उनीहरु संग भएको उर्जा तथा प्राविधिक क्षमतालाई समुन्नत विश्व वनाउन उपयोग गर्नुपर्छ उनले भने ।
विशेष अतिथि नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले गरिबी जटिल र बहुआयामिक रहेको बताए ।नेपालमा गरिबीको दर कोभिड–१९ अघि १८ प्रतिशत थियो जुन अहिले २० प्रतिशतमा पुगेको छ । कार्यक्रममा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभापति शंकरमान श्रेष्ठले १२ औँ सामाजिक व्यवसाय दिवसको अवसरमा दोश्रोे पटक नेपाल फोरम आयोजना गरेको र यसले पनि शून्य कार्बन उत्सर्जन, शून्य गरिबी र उद्यमशीलता मार्फत शून्य बेरोजगारी पथमा अघि बढ्न घच्घच्याएको बताएका छन् ।
गरीबी, वेरोजगारी र हरितगृह ग्यासले उत्पन्न गरेको भयावह परिणाम मानवजातिको लागि विकराल समस्याको रुपमा अगाडि आएकोले यसको समाधान गरी विश्वलाई सम्बृद्धशाली वनाउन साझा प्रयास गर्नु श्रेष्ठले बताए । महामारी र युद्धका कारण विश्वमा भयावह रूपान्तरण भइरहेको छ ।
रसिया र युक्रेनबीचको युद्धले अर्थतन्त्रमा भएको उताव चडाव र विश्वमा मूल्य बृद्धिमा पनि ठूलो असर ल्याएको बताइएको छ । नयाँ सभ्यतालाई फरक ढंगले अगाडि बढाउनु लागि प्रमुख र सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी रहेको उनले भने ।
फोरमले विश्वका तीन ठुला समस्या समाधान शुन्य गरिबी, शुन्य वेराजगारी र शुन्य हरितगृह ग्यास उत्सर्जन र सो अन्तर्गत ११औँ सामाजिक व्यवसाय दिवस, नेपाल फोरमले तय गरेको दुई वर्षे कार्ययोजनाको प्रगति र कार्यान्वयनको समीक्षा, नयाँ सभ्यता निर्माणमा लघुवित्त संस्थाहरूको भूमिका, नेपालमा ३ शून्य क्लबहरूमा अनुभव साझेदारी शिर्षकहरुमा छलफल गरेको थियो ।














