Dhulikhel Eco Banner new

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.2K
shares

काठमाडौं, १५ फागुन । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला ५ सयले घटेको हो ।

महासंघका अनुसार बिहीवार प्रतितोला ३ लाख १५ हजार ४ सयमा कारोबार भएको छापावाल सुन शुक्रवार घटेर प्रतितोला ३ लाख १४ हजार ९ सयमा कायम भएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर शुक्रवार ५ हजार ७ सय ४० रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।