Dhulikhel Eco Banner new

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थप

6.54K
shares

काठमाडौं, १६ असार । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि खुल्ला गरेको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको असार २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेर असार २४ गतेसम्म पु¥याइएको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीका लागि सो शेयर निष्काशन गरेको हो ।

आईपीओमा प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।