Dhulikhel Eco Banner new

प्रतितोला ५ हजार ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.39K
shares

काठमाडौं, १७ फागुन । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला ५ हजार ६ सयले बढेको हो ।

महासंघका अनुसार शुक्रवार प्रतितोला ३ लाख १४ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आइतवार बढेर प्रतितोला ३ लाख २० हजार ६ सयमा कायम भएको छ ।

त्यसैगरी, आइतवार चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य प्रतितोला २४५ रुपैयाँले बढेर आइतवार ५ हजार ९ सय ८५ रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।