Dhulikhel Eco Banner new

सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

3K
shares

काठमाडौं, २७ फागुन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा कार्यालय दरबाङ, म्याग्दीका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो।

कम्पनीले प्रशिक्षार्थी सहायककर्ता पदमा १ जना कर्मचारी भर्ना गर्ने जनाएको छ। यस पदका लागि कम्तीमा एसएलसी परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ भने कम्प्युटरमा काम गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

उमेर हद दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिला उम्मेदवारको हकमा भने उमेरमा ५ वर्ष थप सुविधा हुने व्यवस्था गरिएको छ।

नियुक्ति करार सेवामा हुनेछ र करार अवधि १ वर्ष रहनेछ। आवश्यकता अनुसार पछि थप गर्न सकिने संस्थाले जनाएको छ। तलब, भत्ता तथा अन्य सुविधा कम्पनीको नियमअनुसार प्रदान गरिने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्र सहित आवेदन सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र शाखा कार्यालय दरबाङ, म्याग्दीमा बुझाउन सक्नेछन्।