Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.99K
shares

काठमाडौं, ३ चैत । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १३.५१ अंकले बढेर २,८१२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन १२ अर्ब ३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा रिलायन्स स्पिनिङ र सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन सालपा विकास बैंक र होटल फरेस्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने शिव श्रि हाइड्रोपावरका लगानीकर्ताले ८.१० प्रतिशतका दरले कमाएका छन् ।