दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम बढ्यो
वि.सं.२०८२ चैत ३ मंगलवार १५:०९
shares

काठमाडौं, ३ चैत । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १३.५१ अंकले बढेर २८१२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ कम्पनीको शेयर मूल्य घटेको छ भने १७ कम्पनीको स्थिर रहेको छ । यसदिन १२ अर्ब ३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी एनआईसी एशिया ग्रोथ फन्ड(२का लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ४.७४ प्रतिशतका दरले गुमाएका छन् ।















