Dhulikhel Eco Banner new

टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न नपाइने

2.87K
shares

काठमाडौं, ४ चैत । काठमाडौं महानगरपालिकाले टुँडिखेलको दक्षिण भागमा घाँसे मैदान निर्माण गर्ने भएको छ। महानगरको सार्वजनिक निर्माण विभागले बुधबार एक जरुरी सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी दिएको हो।

महानगरपालिकाका अनुसार आर्थिक वर्ष २०८२\८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सैनिक मञ्चको दक्षिणतर्फ रहेको चउरमा घाँसे मैदान निर्माण गर्न लागिएको हो।

निर्माण कार्य सुरु भएसँगै सो क्षेत्रमा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू गर्न नपाउने भएको छ। महानगरले निर्माण सम्पन्न नहुँदासम्म उक्त स्थानमा कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ।

सूचनामा सरोकारवालाहरूलाई निर्माण अवधिभरका लागि वैकल्पिक स्थानको व्यवस्था गर्न अनुरोध गरिएको छ। महानगरले यस कदमले दीर्घकालीन रूपमा व्यवस्थित सार्वजनिक स्थल निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।