Dhulikhel Eco Banner new

बचतको बानीले आर्थिक संकटबाट जोगाउँछः राष्ट्र बैंक

2.3K
shares

काठमाडौं, ८ चैत । नेपाल राष्ट्र बैंकले साना–साना रकम बचत गर्ने बानीले भविष्यमा ठूलो आर्थिक सुरक्षाको आधार तयार गर्ने जनाएको छ ।

ग्लोबल मनी विकको अवसरमा आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले नियमित रूपमा थोरै रकम बचत गर्ने बानी विकास गर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकका अनुसार सानो रकमबाट सुरु गरिएको बचतले दीर्घकालीन रूपमा आर्थिक स्थायित्व र सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँछ । नियमित बचतले आकस्मिक खर्च व्यवस्थापन गर्न मात्र नभई भविष्यका लक्ष्यहरू हासिल गर्न समेत सहयोग पुग्ने बैंकले उल्लेख गरेको छ ।

केन्द्रीय बैंकले सबै नागरिकलाई आम्दानीअनुसार बचत गर्ने बानी बसाल्न र वित्तीय अनुशासन अपनाउन आग्रह गरेको छ ।