Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ८ कम्पनीका लगानीकर्ता बने मालामाल

2.02K
shares

काठमाडौं, ८ चैत । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५४.५१ अंकले बढेर २,९३१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन २३ अर्ब ५९ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा कर्पोरेट विकास बैंक, सालापा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन विजय लघुवित्तका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् भने एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ९.१८ प्रतिशतका दरले कमाएका छन् ।