Dhulikhel Eco Banner new

ग्लोबल मनी विक–२०२६ः आरविवि मर्चेन्ट बैंकिङ्गद्वारा लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न

2.78K
shares

काठमाडौं, ८ चैत । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित मनाइँदै आएको ग्लोबल मनी विक–२०२६ को अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरेको छ।

नेपाल धितोपत्र बोर्डको पहलमा चैत २ गतेदेखि ८ गतेसम्म देशभर सञ्चालन भइरहेको यस अभियानअन्तर्गत कम्पनीले काठमाडौंको शामाखुसीस्थित नवोदित कलेजमा प्लस टु तथा स्नातक तहमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरूलाई लक्षित गरी वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा कलेजका प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, सहायक प्रबन्धक सृजना बास्कोटा तथा वरिष्ठ अधिकृत रामनारायण तिवारीले पूँजीबजार, शेयर लगानी तथा वित्तीय सचेतनासम्बन्धी विषयमा सहजीकरण गरेका थिए।

सहभागीहरूले उठाएका जिज्ञासाहरूको समाधान सृजना बास्कोटा र रामनारायण तिवारीले दिएका थिए। कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप तथा सकारात्मक लगानी संस्कार विकास गर्न सहयोग पुगेको विश्वास गरिएको छ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित सहायक कम्पनी हो।