Dhulikhel Eco Banner new

नयाँ वर्ष २०८३ लक्षित गर्दै हुन्डाई नेपालद्वारा विशेष अफर सार्वजनिक

3.91K
shares

काठमाडौं, १८ चैत । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ वर्ष २०८३ को अवसरमा “हुन्डाईसँग शुभ यात्रा २०८३” नामक विशेष अफर सार्वजनिक गरेको छ।

कम्पनीले नयाँ वर्षको सुरुवातलाई लक्षित गर्दै ग्राहकहरूलाई आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुन्डाई मोडेलहरूमा अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट र ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन्।

यसका साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर सुविधा उपलब्ध हुनेछ भने पुरानो सवारी साटासाट एक्सचेन्ज गर्दा विशेष मूल्यांकन सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

हुन्डाई नेपालले बिक्रीपछिको सेवामा समेत विशेष ध्यान दिँदै आएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी सुविधा पाउनेछन्, जसले सवारी प्रयोगलाई अझ सुरक्षित र भरपर्दो बनाउने विश्वास लिइएको छ।

कम्पनीले पछिल्लो दुई वर्षदेखि क्रेटा र भेन्यु जस्ता लोकप्रिय मोडेलहरू नेपालमै एसेम्बल गर्दै आएको उल्लेख गर्दै यसले स्थानीय जनशक्ति, सीप विकास र औद्योगिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ। सो कार्यमा नेपाली इन्जिनियर तथा दक्ष जनशक्तिको प्रयोग गरिएको छ र यसमा करिब ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको जानकारी दिइएको छ।

यस अभियानमार्फत नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकहरूका लागि अझ विशेष, सहज र लाभदायक बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। साथै, कम्पनीले सबैलाई नजिकको हुन्डाई सोरुममा गई यस अफरबारे थप जानकारी लिन आग्रह गरेको छ।