उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि
वि.सं.२०८२ चैत २५ बुधवार १५:०६
shares

काठमाडौं, २५ चैत । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४२.१२ अंकले बढेर २,७९९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब २१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज, सोलु हाइड्रोपावर र होटल फरेष्ट इनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका छन् ।















