Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.33K
shares

काठमाडौं, २५ चैत । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४२.१२ अंकले बढेर २,७९९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब २१ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज, सोलु हाइड्रोपावर र होटल फरेष्ट इनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।