शेयर बजारमा २१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ चैत २५ बुधवार १५:२३
shares

काठमाडौं, २५ चैत । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४२.१२ अंकले बढेर २,७९९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब २१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन ८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५ र माइखोला हाइड्रोपावरका लगानीकर्ताले ३.२३ प्रतिशतका दरले गुमाएका छन् भने थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले २.२८ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी ७ प्रतिशत नबिल ऋणपत्र २०८९का लगानीकर्ताले १.९८ प्रतिशतका दरले गुमाएका छन् ।















