Dhulikhel Eco Banner new

शिखर पावर डेभलपमेन्टको आईपीओ नेप्सेमा सूचीकृत

1.86K
shares

काठमाडौं, २६ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सूचीकृत भएको छ। कम्पनीको कुल ९८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

सूचीकृत शेयरमध्ये सर्वसाधारण लगानीकर्तालाई वितरण गरिएको ३२ लाख कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ६६ लाख कित्ता शेयर समावेश रहेका छन्।

नेप्सेले कम्पनीको शेयर कारोबारका लागि ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। यस रेञ्जभित्र रहेर पहिलो कारोबार मूल्य तय हुने व्यवस्था रहेको छ।

शेयर सूचीकृत भएसँगै कम्पनीको शेयर अब नेप्सेमा नियमित कारोबारका लागि उपलब्ध हुने भएको छ।