उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि
वि.सं.२०८२ चैत २६ बिहीवार १५:११
shares

काठमाडौं, २६ चैत । बिहीवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४८.७१ अंकले बढेर २,८५१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ९१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी लिमिटेड, सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी एनआईसी एशिया ब्यालेन्स फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले गुमाएका छन् ।















