Dhulikhel Eco Banner new

राष्ट्रपति पौडेलद्वारा आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने 

सरकारको सिफारिसमा संविधानको प्रावधानअनुसार उक्त सम्बोधन

780
shares

रामचन्द्र पौडेल ले आज संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार सरकारको सिफारिसमा संविधानको प्रावधानअनुसार उक्त सम्बोधन गर्न लागिएको हो।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम दिउँसो ३ः०० बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने तयारी गरिएको जनाइएको छ। यस सम्बोधनलाई वर्तमान सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सोही कार्यक्रमका लागि संघीय संसद्को दुबै सदनका सदस्यहरुलाई अनिवार्य रूपमा उपस्थित हुन आह्वान गरिएको छ। संसद् भवनमा आवश्यक तयारी पूरा गरिएको छ भने सुरक्षा व्यवस्थासमेत कडा पारिएको स्रोतले जनाएको छ।