ललितपुर महानगरले सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा निरन्तर
वि.सं.२०८२ चैत २९ आइतवार १६:०६
shares

काठमाडौं, २९ चैत । ललितपुर महानगरपालिका ले सार्वजनिक बिदाका दिनहरूमा समेत अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ। अब सरकारले तोकेका शनिबार र आइतबारका बिदामा पनि महानगरबाट सेवा प्रवाह हुने भएको हो।
महानगरले विशेष गरी आकस्मिक र अत्यावश्यक प्रकृतिका सेवाहरूलाई लक्षित गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ। यसअन्तर्गत नगर प्रहरी बल, दमकल, एम्बुलेन्स, शव वाहन, वातावरण तथा सरसफाइ सेवा र एकद्वार पर्यटन सेवा नियमित रूपमा सञ्चालनमा रहनेछन्।
यी सेवाहरू नागरिकको दैनिक सुरक्षा, स्वास्थ्य र आपतकालीन आवश्यकतासँग प्रत्यक्ष रूपमा जोडिएकाले कुनै पनि दिन बन्द नहुने गरी व्यवस्थापन मिलाइएको महानगरको भनाइ छ। महानगरको यो निर्णयले नागरिकलाई बिदाका दिन पनि सहज रूपमा अत्यावश्यक सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।


















